६० जिल्लामा पुग्यो मतपत्र, बाँकी १७ मा पठाइँदै

१९ वैशाख २०७९ काठमाडौं । निर्वाचन आयोगले ६० जिल्लामा मतपत्र पठाइसकेको जनाएको छ।
आयोगका अनुसार अब १७ जिल्लामा मात्र मतपत्र पठाउन बाँकी छ। सिन्धुली, रामेछाप र दोलखाका लागि मतपत्रलगायत सरसामग्री आज पठाउने आयोगको तयारी छ ।
आयोगका अनुसार मधेश प्रदेशका ८ जिल्ला, प्रदेश १ का मोरङ, बागमती प्रदेशको रसुवा, चितवन, ललितपुर, काठमाडौं र भक्तपुरमा मतपत्र पठाउन बाँकी छ।
कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश १ का मोरङबाहेक सबै जिल्ला र गण्डकीको पोखरा महानगरबाहेक सबै स्थान,बागमती प्रदेशका ५ जिल्लामा मतपत्र पुगिसकेको छ।
आयोगले वैशाख २३ गतेसम्म सबै ठाउँमा मतपत्र पुगिसक्ने जनाएको छ। आयोगले वैशाख १३ गतेदेखि जिल्लामा मतपत्र पठाउन थालेको थियो।
यसअघि ६ वटा महानगर र भक्तपुर जिल्लाबाहेक ७६ जिल्लाका लागि १ करोड ८० लाख ४५ हजार मतपत्र छापिसकेको थियो।
प्रतिक्रिया