प्रमुख आयुक्त थपलिया र अध्यक्ष ओलीको अभिव्यक्तिप्रति पुनको आपत्ति

१८ वैशाख २०७९ काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले निर्वाचन आयोगका प्रमुख आयुक्तको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ ।
अखिल नेपाल ट्रेड युनियन महासंघले गरेको कार्यक्रममा नेता पुनले प्रमुख निर्वाचन आयुक्तको अभिव्यक्ति र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति मिलेको भन्दै आपत्ति जनाउनुभयो ।
प्रमुख निर्वाचन आयुक्तको मतपत्र बलियो कागजमा राखेकाले चपाउन, च्यात्न सकिदैन भन्ने अभिव्यक्तिप्रति आपत्ती जनाउनुभयो ।
नेता पुनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका पछिल्ला अभिव्यक्तिप्रति पनि टिप्पणी गर्नुभएको छ ।
नेता पुनले देशका विभिन्न ठाउँमा भएका निर्वाचन कार्यालयहरुले निष्पक्ष भुमिका खेल्न नसकेको पनि बताउनुभयो ।
नेता पुनले संविधान र लोकतन्त्रको रक्षाको निम्ति वर्तमान गठबन्धन बनेको उल्लेख गर्दै वर्तमान उपलब्धीको रक्षापछि गठबन्धनका दलहरु आपसमा प्रतिस्पर्धा गर्ने बताउनुभयो ।
प्रतिक्रिया