राजनीति

स्थानीय चुनावबाट पार्टी बलियो बन्ने कांग्रेस महामन्त्री शर्माको दावी

हिमालय टिभी
२०७९ वैशाख १८ गते १९:१७
स्थानीय चुनावबाट पार्टी बलियो बन्ने कांग्रेस महामन्त्री शर्माको दावी

१८ वैशाख २०७९ काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको निर्वाचनबाट आफ्नो पार्टी बलियो हुने बताउनुभएको छ ।

काठमाडौंमा भएको कार्यक्रममा महामन्त्री शर्माले स्थानीय निर्वाचनमा कांग्रेस बलियो बन्ने देखेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू क्विन्टल र अरु एक(एक किलोको ढक भएको त्रासपूर्ण अभिव्यक्ति दिएको बताउनुभयो ।

केही दिनअघि ओलीले गठबन्धनका ५ दल एक(एक किलोको ढक भएको र एमाले एक्लै क्विन्टल भएको अभिव्यक्ति दिएकोप्रति लक्षित गर्दै शर्माले जवाफ दिनुभएको हो ।

महामन्त्री शर्माले नेकपा एमालेले बाहिर एक्लै भिड्न तयार रहेको अभिव्यक्ति दिए पनि भित्र भने कमल थापासँग तालमेल गरिरहेको बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्