Main News

सामाजिक सञ्जाल प्रयोगकर्तालाई निर्वाचन आयोगले दियो यस्तो चेतावनी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ वैशाख १८ गते १९:०९
सामाजिक सञ्जाल प्रयोगकर्तालाई निर्वाचन आयोगले दियो यस्तो चेतावनी (भिडियो रिपोर्टसहित)

१८ वैशाख २०७९ काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारप्रति लक्षितगरी मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिने गरी कुनै पनि सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न प्रयोगकर्तालाई चेतावनी दिएको छ ।

आयोगले आज विशेष पत्रकार सम्मेलन गरी स्थानीय तह निर्वाचनको स्वच्छता, स्वतन्त्रता र गरिमामाथि नै आँच आउने गरी कार्य भइरहेको भन्दै तत्काल रोक्न सामाजिक सामाजिक संजाल प्रयोगकर्ताहरुलाई सचेत गराएको हो । यस्ता कार्य तत्काल नरोके कानून अनुसार कारबाही हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनु भयो ।

आयोगका प्रवक्ता पौडेलले सामाजिक सञ्जालको उपयोगसम्बन्धी नीतिलाई अनुगमन गर्ने जिम्मेवारी नेपाल प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघलाई दिइएको पनि बताउनुभयो ।

आयोगले निर्वाचनलाई प्रभावित पार्ने खालका सामग्रीहरुको प्रचार प्रचार नगर्नका लागि सीमावर्ती देशहरुलाई पत्राचार गर्न पनि परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *