राजनीति

समझदारीअनुसार काम गर्न मातहतका समितिलाई सत्ता गठबन्धनको निर्देशन

हिमालय टिभी
२०७९ वैशाख १८ गते १३:०३
समझदारीअनुसार काम गर्न मातहतका समितिलाई सत्ता गठबन्धनको निर्देशन

१८ वैशाख २०७९ काठमाडौं । सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचनमा समझदारी अनुरुप काम गर्न आफ्ना मातहतका समितिलाई निर्देशन दिने निर्णय गरेको छ ।

बालुवाटारमा आज बसेको निर्वाचनका लागि गठबन्धनका दलहरूको आन्तरिक तयारी र अनुगमन गर्ने सयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो ।

निर्वाचनमा समझदारी अनुरुप काम गर्न दलले आआफ्ना मातहतका निकायलाई निर्देशन दिने निर्णय गरेको छ । समझदारीअनुसार उम्मेदवारी फिर्ता नभएको र फिर्ता लिन समय नपुगेको ठाउँमा पनि समझदारीकै भावनाअनुसार अघि बढ्ने निर्णय भएको छ।

बैठकले गठबन्धनको मर्म र भावना अनुरुप आपसी एकता कायम गर्दै निर्वाचनमा सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्ने निर्णय पनि गरेको छ । निर्णय पालना नगर्नेलाई आआफ्ना दलले कारबाही गर्ने निर्णय पनि संयन्त्रको बैठकले गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्