खेलकूद

आईपीएल टी–ट्वेन्टी क्रिकेटमा आज पनि दुई खेल हुने

हिमालय टिभी
२०७९ वैशाख १८ गते ९:०३
आईपीएल टी–ट्वेन्टी क्रिकेटमा आज पनि दुई खेल हुने

१८ वैशाख २०७९ मुम्बई । इन्डियन प्रिमियर लीग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटमा आज पनि दुई खेल हुनेछन् ।

आज हुने पहिलो खेलमा दिल्ली क्यापिटल्स र लखनउ सुपर जाइन्ट्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा सनराइजर्स हैदरावाद र चेन्नई सुपर किङ्ग्सबीच प्रतिस्पर्धा हुनेछ ।

आजको पहिलो खेल मुम्बईको वान्खेडे स्टेडियममा दिउँसो ३ : ४५ मा शुरु हुने भने दोस्रो खेल महाराष्ट्र क्रिकेट एसोशिएशन स्टेडियममा साँझ ७ : ४५ मा सुरु हुनेछ ।

यसअघि हिजो भएको खेलमा मुम्बई इन्डियन्सले जारी सिजनमा पहिलो जित निकालेको छ । गएराति भएको खेलमा राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै मुम्बईले पहिलो जित निकालेको हो ।

राजस्थानले दिएको १ सय ५९ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गरेको थियो । लिगको पुछारमा रहेको मुम्बईले जितसँगै २ अङ्क जोडेको छ ।

हिजै भएको अर्को खेलमा गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बैङ्गलोरलाई ६ विकेटले हराएको छ । टस जितेर पहिले ब्याटिङ गरेको बैङ्गलोरले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनायो ।

१ सय ७१ रनको लक्ष्य पाएको गुजरातले ३ बल बाँकी छदा १ सय ७४ रना बनाएर जित हात पा¥यो । जितसँगै गुजरातले शिर्ष स्थान कायमै राखेको छ भने बैङ्गलोर अङ्क तालिकाको पाँचौ स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्