रुसले अर्थहीन युद्धमा २३ हजार बढी सैनिक गुमाएको युक्रेनको दाबी

१८ वैशाख २०७९ युक्रेन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले अर्थहीन युद्धमा २३ हजार भन्दा बढी सैनिक गुमाएको बताएका छन् ।
एक भिडियो सन्देश जारी गर्दै जेलेन्स्कीले युक्रेनले द्वन्द्वका क्रममा एक हजारभन्दा बढी रुसी ट्याङ्क, करिब दुई सय विमान र साढे दुई हजार सशस्त्र सवारीसाधन नष्ट गरेको दाबी समेत गरेका छन् ।
उनले युक्रेनी सेनाको सशक्त प्रतिकारका कारण रुसी सेनातर्फ थप क्षति हुने पनि बताए । रुसले भने युक्रेनी राष्ट्रपतिको दाबीको खण्डन गरेको छ ।
यसैबीच रुसी मिसाइल आक्रमणले युक्रेनको तेस्रो ठूलो सहर ओडेसामा रहेको विमानस्थलको धावनमार्ग ध्वस्त भएको युक्रेनी सेनाले जनाएको छ ।
ओडेसाका क्षेत्रीय गभर्नरले उक्त क्षेप्यास्त्र रुसको कब्जामा रहेको क्राइमियाबाट प्रहार गरिएको बताए । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ध्वस्त विमानस्थललाई मर्मत गरेर पुनः प्रयोगमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिक्रिया