गाडेको अवस्थामा महिलाको शव फेला

२०७९ वैशाख १८ गते ७:२२
गाडेको अवस्थामा महिलाको शव फेला

१८ वैशाख २०७९ मंगलबारे । इलाममा एक महिलाको शव गाडेको अवस्थामा शनिबार फेला परेको छ ।

इलाम नगरपालिका–८ सिङफ्रिङमा एक महिलाको शव गाडेको अवस्थामा फेला परेको हो । विगत तीन दिनदेखि बेपत्ता स्थानीय अन्दाजी ३१ वर्षीय बिनिता काफ्लेको शव गाडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

महिला हराएपछि आफन्त तथा स्थानीयवासीले खोजी गर्न थालेका थिए । खनेको ठाउँ देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । इलामका प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले शव माटोले छोपिएको देखिएको बताउनुभयो । उहाँले पुरिएको शव निकालेको बताउनुभयो ।

हत्या गरेर गाडेको प्रहरीले शङ्का गरेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । बिनिताको श्रीमान्को दुई वर्षअघि विदेशमा मृत्यु भएको परिवारको भनाइ छ ।

उहाँहरूको चार वर्षीया एक छोरी रहेको बताइएको छ । घटना कसरी भयो भन्ने विषयमा इलाम प्रहरीले गम्भीर भएर अनुसन्धान गर्ने इलामका प्रहरी प्रमुख श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *