Main News

स्थानीय तह निर्वाचनका लागि आज उम्मेदवारहरूलाई चनाव चिह्न प्रदान गरिँदै

हिमालय टिभी
२०७९ वैशाख १७ गते ९:०५
स्थानीय तह निर्वाचनका लागि आज उम्मेदवारहरूलाई चनाव चिह्न प्रदान गरिँदै

१७ वैशाख २०७९ काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज उम्मेदारहरूलाई चुनाव चिह्न दिने तयारी छ ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका दल तथा व्यक्तिहरूलाई आज निर्वाचन चिह्न प्रदान गर्दैछ । निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि दर्ता भएका दलहरूले उनीहरूको आफ्नै चिह्न पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका लागि निर्वाचन आयोगले चिह्न प्रदान गर्नेछ ।

हिजो निर्वाचन आयोगले उजरी उपर छानबिन गरेर उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको छ । नामावलीमा रहेका उम्मेदरवारहरू नै प्रतिस्पर्धामा उत्रिनेछन् । उनीहरूलाई नै आज निर्वाचन चिह्न प्रदान गर्न लागिएको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

उम्मेदवारहरूले निर्वान चिह्न पाएसँगै मौन अवधि शुरु हुनअघिसम्म प्रचारप्रचार गर्न पाउनेछन् । मतदान यही वैशाख ३० गते हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *