खेलकूद

प्रिमियर लीग फूटबलमा चेल्सी र म्यानचेष्टर युनाइटेडले अंक बाँडे

हिमालय टिभी
२०७९ वैशाख १६ गते ८:१२
प्रिमियर लीग फूटबलमा चेल्सी र म्यानचेष्टर युनाइटेडले अंक बाँडे

१६ वैशाख २०७९ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा चेल्सी र म्यानचेष्टर युनाइटेडले बराबरी खेलेका छन् ।

प्रिमियर लीगको पछिल्लो खेलमा चेल्सी र युनाइटेडले १–१ को बराबरी खेल्दै अंक बाँडेका हुन् । युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

दोस्रो हाफ अन्तर्गत ६०औं मिनेटमा चेल्सीका मार्कोस अलन्सोले शुरूवाती गोल गरे । लगत्तै दुई मिनेटमै युनाइटेडका क्रिष्टियानो रोनाल्डोले गोल गरेपछि खेल १–१ को बराबरी भएको थियो ।

जितसँगै तेस्रो स्थानको चेल्सीले ३३ खेलबाट ६६ अंक जोड्दा छैटौं स्थानको युनाइटेडको ३५ खेलबाट ५५ अंक भएको छ । ३३ खेलबाट ८० अंकसहित म्यानचेष्टर सिटी शीर्ष स्थानमा कायमै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्