खेलकूद
च्याम्पियन्स लीग फूटबलमा लिभरपुल विजयी
२०७९ वैशाख १५ गते ८:०६

१५ वैशाख २०७९ काठमाडौं । च्याम्पियन्स लीग फूटबलको पहिलो लेगमा इंग्लिस क्लब लिभरपुल विजयी भएको छ ।
च्याम्पियन्स लीग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा लिभरपुलले स्पेनिस क्लब भिल्लारियाललाई २–० ले पराजित गरेको हो ।
घरेलु मैदान एनफिल्डमा लिभरपुलले आत्मघाती गोलसँगै अग्रता बनाएको थियो । भिल्लारियालका पेरभिस इस्तुपिनानले ५३औं मिनेटमा आत्मघाती गोल गर्न पुगेका थिए ।
जोर्डन हेन्डरसनको क्रस प्रहार इस्तुपिनानलाई छोएर गोल हुन पुगेको थियो । लगत्तै दुई मिनेट नबित्दै साडियो मानेले लिभपुलका लागि अर्को गोल थपेका थिए ।
प्रतिक्रिया