Main News

सुनचाँदी चोरी भएपछि बुटवलका व्यवसायी आन्दोलित

हिमालय टिभी
२०७९ वैशाख १४ गते १८:४१
सुनचाँदी चोरी भएपछि बुटवलका व्यवसायी आन्दोलित

१४ वैशाख २०७९ रुपन्देही । रुपन्देहीको बुटवलमा एउटै पसलबाट साढे ४ किलो सुनचाँदी चोरिएपछि सुनचाँदी व्यवसायी आन्दोलित भएका छन् ।

बुटवल उपमहानगरपालिका–६ स्थित बीपी चोकस्थित कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसलबाट साढे चार किलो बराबर सुनचाँदी र नगद साढे पाँच लाख चोरी भएको थियो ।

व्यवसायीले आज बुटवलमा पत्रकार सम्मेलन गर्दै शृङ्खलाबद्ध चोरीका घटना हुँदा पनि प्रशासनले चोर पक्रिने र सुनचाँदी फिर्ता गर्न नसकेको भन्दै पसल बन्द गरिएको सुनचाँदी ब्यवसायीले बताएका छन ।

रुपन्देहीमा दुई महिनाको अवधिमा चारवटा पसलमा ठूलो मात्रामा सुनचाँदी चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले दुई किलो सुनका गरगहना, २२ तोला काँचो सुन र नगद पाँच लाख चोरी भएको बताउनुभयो ।

पौडेलले घटनाका बारेमा सूक्ष्म अनुसन्धान भइरहेको र चोरी गर्ने व्यक्ति छिट्टै नै पक्राउ गर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *