राजनीति

नेकपाका सचिवालय सदस्यद्वय हेमन्तप्रकाश ओली र धर्मेन्द्र बाँस्तोला पदमुक्त

२०७९ वैशाख १४ गते १३:४०
नेकपाका सचिवालय सदस्यद्वय हेमन्तप्रकाश ओली र धर्मेन्द्र बाँस्तोला पदमुक्त

१४ वैशाख २०७९ काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टी विरोधी गतिविधि गरेको भन्दै सचिवालय सदस्य हेमन्तप्रकाश वली र धर्मेन्द्र बाँस्तोलालाई पदमुक्त गरेको छ ।

पार्टी महासचिव चन्दले आज विज्ञप्ति जारी गर्दै सचिवालय सदस्यद्वय वली र बाँस्तोलालाई अनिश्चितकालका लागि पदमुक्त गरिएको जनाउनुभएको छ ।

नेताद्वयको गतिविधिका कारण उहाँहरुलाई पदमुक्त गर्नुपर्ने अवस्था सिर्जना भएको महासचिव चन्दले जनाउनुभएको छ ।

नेकपाका कतिपय नेता, कार्यकर्ताले पार्टीको निर्देशनबमोजिम आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएपछि सचिवालय सदस्य बाँस्तोलाले उम्मेदवारी तत्काल फिर्ता लिन चेतावनीसहितको वक्तव्य जारी गरेपछि पाटीभित्र तीव्र विवाद देखिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *