विदेश

पोल्याण्ड र बुल्गेरियामा ग्यास आपूर्ति बन्द गर्ने रुसको चेतावनी

हिमालय टिभी
२०७९ वैशाख १४ गते ९:३६
पोल्याण्ड र बुल्गेरियामा ग्यास आपूर्ति बन्द गर्ने रुसको चेतावनी

१४ वैशाख २०७९ मस्को । रुसले पोल्याण्ड र बुल्गेरियामा ग्यास आपूर्ति बन्द गर्ने चेतावनी दिएको छ ।

रुसको सरकारी ग्यास आपूर्ति कम्पनीलाई ग्यास खरिद गरेको रकम रुसी मुद्रा रुबलमा भुक्तान नगरेकाले आजदेखि ग्यास आपूर्ति बन्द गर्ने चेतावनी दिएको हो ।

पोल्याण्ड र बुल्गेरियाले रुसी मुद्रामा रकम भुक्तान नगर्ने भनेपछि रुसले यस्तो चेतावनी दिएको हो । युरोपियन युनियन र नेटोका यी दुई सदस्या राष्ट्रलाई ऊर्जा क्षेत्रको सबैभन्दा राम्रो मुलुक मानिन्छ ।

गत महिना मात्रै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले “गैर–मित्र राष्ट्र” लाई डलरको साटो रुबलमा भुक्तान गर्नुपर्ने घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *