Main News

मनोनयनविरुद्ध परेको उजुरीमा आजदेखि छानबिन हुँदै

हिमालय टिभी
२०७९ वैशाख १४ गते ८:५७
मनोनयनविरुद्ध परेको उजुरीमा आजदेखि छानबिन हुँदै

१४ वैशाख २०७९ काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि दर्ता भएका मनोनयनविरुद्ध परेको उजुरीमा आजदेखि जाँचबुझ छानबिन थाल्ने भएको छ ।

आइतबार र सोमबार मनोनयन दर्ता भएकोमा हिजो उम्मेदवारविरुद्ध उजुरी आह्वान भएको हो । प्राप्त उजुरीमाथि आज र भोलि जाँचबुझ हुने निर्वाचन आयोगका प्रवक्ता शालिकराज शर्मा पौडेलले जानकारी दिनुभयो ।

आज र भोलि छानबिन गरेर आयोगले निर्णय लिनेछ । आयोगले भोलि उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी गरेको छ भने १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुने छ ।

निर्वाचन आयोगका अनुसार १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *