राजनीति

कांग्रेसले घोषणापत्रमा एमालेको दास्तावेज चोरेको अध्यक्ष ओलीको आरोप

हिमालय टिभी
२०७९ वैशाख १३ गते १२:३८
कांग्रेसले घोषणापत्रमा एमालेको दास्तावेज चोरेको अध्यक्ष ओलीको आरोप

१३ वैशाख २०७९ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्रलाई गालीगलौजको पुलिन्दा भएको बताउनुभएको छ ।

आज सानेपास्थित मनमोहन स्मृति प्रतिष्ठानमा मनमोहन अधिकारीको २३ औँ स्मृति दिवसमा बोल्दै अध्यक्ष ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्र गालीगलौजको पुलिन्दा मात्र भएको दाबी गर्नुभएको हो । उहाँले नेपाली कांग्रेसको चुनावी घोषणापत्रमा नेकपा एमालेलाई गाली गलौज गरेको, राष्ट्रपतिमाथि आरोप लगाएको र एमालेको राजनीतिक दस्ताबेज चोरेको आरोपसमेत लगाउनु भयो ।

अध्यक्ष ओलीले उहाँले २०६२–०६३ मा सँगै आन्दोलनमा उत्रिएको नेपाली कांग्रेसलाई सन्चो नहुनुको कारण सोध्नुपर्ने बेला भएको बताउनुभयो । उहाँले पार्टीको घोषणापत्रमा सभ्यता, शिष्टता, मर्यादाको कुरा नभएको र नेकपा एमालेको घोषणापत्र सारेको आरोप लगाउनुभयो । उहाँले नेपाली कांग्रेससँग अहिले कुनै राजनीतिक एजेण्डा र देश विकासको योजना नभएको र कांग्रेसमा देश विकास, नीति, नियम, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको देहान्तसँगै सकिएको भान हुन थालेको बताउनु भयो ।

नेपाली कांग्रेसले घोषणापत्र भन्ने शीर्षक छ बाहिर । बाहिर शीर्षक, भित्र गाली पुराण भन्ने अहिलेसम्म सुनेको थिएन, भित्र गाली पुराण छ । यो तथानाम एमालेलाई गाली, धारे हात लाएर, सरापेको छ । नेपाली कांग्रेसले, नेपाली कांग्रेसका कार्यकर्ताहरुले सरकार बनाउला भन्ने कत्रो सपना देखेका थियौँ, नेकपा एमलेका कारणले हाम्रा सपनाहरु ध्वस्त भए । हाम्रो सपना ध्वस्त पार्ने त्यस्तो अपराधी हो नेकपा एमाले भन्ने लेख्छ चुनाव घोषणापत्रमा ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘नेपाली कांग्रेसले घोषणापत्र भन्ने शीर्षक छ बाहिर । बाहिर शीर्षक, भित्र गाली पुराण भन्ने अहिलेसम्म सुनेको थिएन, भित्र गाली पुराण छ । यो तथानाम एमालेलाई गाली, धारे हात लाएर, सरापेको छ । नेपाली कांग्रेसले, नेपाली कांग्रेसका कार्यकर्ताहरुले सरकार बनाउला भन्ने कत्रो सपना देखेका थियौँ, नेकपा एमलेका कारणले हाम्रा सपनाहरु ध्वस्त भए । हाम्रो सपना ध्वस्त पार्ने त्यस्तो अपराधी हो नेकपा एमाले भन्ने लेख्छ चुनाव घोषणापत्रमा । ’

अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग देश विकास गर्ने कुनै एजेण्डा नभएको आरोप लगाउनु भयो । उहाँले सुशासन वा साशन कसरी सञ्चालन गर्ने भन्ने बारेमा पनि प्रधानमन्त्रीसँग कुनै योजना नभएको बताउनुभयो । अध्यक्ष ओलीले नेपाली कांग्रेस अहिले गठबन्धन नामको कुहिएको लौरोको भरमा रहेको बताउनुभयो । उहाँले गठबन्धन नामको कुहिएको लौरो आसन्न स्थानीय निर्वाचनबाट सकिने दाबीसमेत गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘नेपाली कांग्रेसका सभापति, सम्माननीय प्रधानमन्त्रीलाई तपाईको देश बनाउने एजेण्डा के छ ? भनेर सोध्नुस् । लोकतन्त्रको सम्बन्धमा तपाईको एजेण्डा के छ भनेर सोध्नुस् । सुशासन वा शासन सञ्चालन कसरी गर्ने भनेर सोध्नुस् । उहाँको जवाफ तपाई बढ्ता बोल्दै हुनुहुन्छ, नेपाली कांग्रेससँग कुनै एजेण्डा छैन भन्ने थाहा हुँदाहुँदै सोध्ने भन्ने आउँछ, नपत्याए गएर सोध्नुहोस् ।’

अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्र पार्टी नभइ केन्द्र भएको दाबी गर्नुभयो । चुनावी घोषणापत्र निकाल्न नसक्ने पार्टी नहुने उहाँको तर्क थियो । अध्यक्ष ओलीले चुनावी घोषणापत्र किन ननिकालेको भन्ने प्रश्न सोध्न पनि आग्रह गर्नुभयो । उहाँले माओवादीले के गर्छ, के गर्न खोज्दैछ भन्ने कुराहरु भन्न नमिल्ने र झुट बोल्ने बाँकी कुरा नभएकाले ननिकालेको आरोप लगाउनु भयो ।

नेपालमा अहिले माओवादी भन्ने पार्टी चुनावमा जाँदैछ । हुन त त्यो माओवादी पार्टी होइन, केन्द्र हो । यस्तो सेन्टरहरु विभिन्नले खोलेका छन् नि । यस्तै माओवादी एउटा सेन्टर हो । त्यसले चुनाव घोषणापत्र नै निकालेन । माओवादीको चुनाव घोषणापत्र छैन । कांग्रेसले निकालेकै छ भइगयो नि भन्नेछ । माओवादी अब पार्टी भयो त केन्द्र नभएर । सोध्नुस् न किन ननिकालेको, के गर्छ ? उसले भन्दा भन्नै मिल्दैन उसले गर्ने कुरा कसरी निकाल्नु घोषणापत्र ?

अध्यक्ष ओलीले भन्नुभयो, ‘नेपालमा अहिले माओवादी भन्ने पार्टी चुनावमा जाँदैछ । हुन त त्यो माओवादी पार्टी होइन, केन्द्र हो । यस्तो सेन्टरहरु विभिन्नले खोलेका छन् नि । यस्तै माओवादी एउटा सेन्टर हो । त्यसले चुनाव घोषणापत्र नै निकालेन । माओवादीको चुनाव घोषणापत्र छैन । कांग्रेसले निकालेकै छ भइगयो नि भन्नेछ । माओवादी अब पार्टी भयो त केन्द्र नभएर । सोध्नुस् न किन ननिकालेको, के गर्छ ? उसले भन्दा भन्नै मिल्दैन उसले गर्ने कुरा कसरी निकाल्नु घोषणापत्र ? माओवादीले के गर्छ, के गर्न खोज्दैछ भन्ने कुरा त्यो उसले भन्ने मिल्दैन । सधैँ झुटो लेख्न पनि त गाह्रो । हुन त माओवादीलाई उल्टा कुरा गर्न गाह्रो त छैन । अफ्ठ्यारो त लाग्दैन तर । यसपल्ट गाह्रै परेछ । उसले चुनाव घोषणापत्र निकालेन ।’

अध्यक्ष ओलीले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई फाटोवादी, चोइटोवादी भएको आरोप लगाउनुभयो । उहाँले हतारमा घोषणापत्र निकालेको समाजवादीको घोषणापत्रमा केही तुक नरहेको दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘फाटोवादी, चोइटोवादीले आफूलाई एकीकृत नाम राखेको छ र प्रतिक्रियावादीको पुच्छर भएको, प्रतिगामी शक्तिले आफूलाई समाजवादी भन्ने नाम राखेको छ । त्यसले हतारिएर घोषणापत्र निकाल्यो । त्यो घोषणापत्रमा केही पनि छैन ।’

अध्यक्ष ओलीले अहिलेको गठबन्धन अपराधका लागि बनेको अपराधी गठबन्धन भएकाले चुनाव सार्ने षड्यन्त्र भइरहेको तर नेकपा एमालेले चुनाव सार्न नदिने स्पष्ट पार्नुभयो । उहाँले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उत्तेजक नबनीकन अगाडि बढ्न पनि नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्