Main News
मतपत्र ढुवानीको काम आजबाट शुरु हुँदै
२०७९ वैशाख १३ गते ९:४९
१३ वैशाख २०७९ काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको चुनावका लागि मतपत्र ढुवानीको काम आजबाट शुुरु गर्ने भएको छ ।
केही दिनमा सम्पन्न गर्नेगरी मतपत्र ढुवानीको व्यवस्था गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । आयोगको हिजोसम्मको विवरणअनुसार हालसम्म ८० प्रतिशत मतपत्र छपाइको काम सकिएको छ ।
७७ वटै जिल्लामा निर्वाचन सामग्री पठाउने काम सकिएपछि आयोगले मतपत्र ढुवानीको काम शुरु गर्न लागेको हो ।
प्रतिक्रिया