विदेश

विश्वका सबैभन्दा धनी इलोन मस्कले समाजिक सञ्जाल ट्वीटर किन्ने

हिमालय टिभी
२०७९ वैशाख १३ गते ८:१०
विश्वका सबैभन्दा धनी इलोन मस्कले समाजिक सञ्जाल ट्वीटर किन्ने

१३ वैशाख २०७९ न्युयोर्क । विश्वका सबैभन्दा धनी व्यक्ति इलोन मस्कले सामाजिक सञ्जाल ट्वीटर किन्ने भएका छन् ।

ट्वीटरको सञ्चालक समिति बोर्डले ४४ अर्ब डलरमा उक्त कम्पनी किन्ने प्रस्तावमा सहमत भएसँगै मस्कलाई ट्वीटर किन्ने बाटो खुलेको हो । कम्पनीले शुरुमा मस्कले लगाएको बोली अस्वीकार गरेको थियो ।

मस्कले ट्वीटरमा नक्कली खाता हटाउने तथा उसका सामग्रीमाथिका प्रतिबन्ध खुकुलो पार्नेसम्मका धेरै परिवर्तनका लागि पनि आह्वान गरेका थिए। ट्वीटरमा गलत सूचना फैलिने क्रम रोक्न नसकेको भन्दै व्यापक आलोचना हुने गरेको छ ।

फोर्ब्सका अनुसार मस्कको अनुमानित सम्पत्ति २७३ दशमलब ६ अर्ब डलर रहेको छ। विद्युतीय सवारीसाधन निर्माता टेस्ला कम्पनीको मुख्य शेअरधनी मस्कले अन्तरिक्षसम्बन्धी कम्पनी स्पेसएक्सको पनि नेतृत्व गर्छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *