खेलकूद

आईपीएलमा चेन्नईविरुद्ध पञ्जाब विजयी

हिमालय टिभी
२०७९ वैशाख १३ गते ८:००
आईपीएलमा चेन्नईविरुद्ध पञ्जाब विजयी

१३ वैशाख २०७९ मुम्बई । इण्डियन प्रिमियर लीग (आईपीएल) मा क्रिकेटमा पञ्जाब किंग्स विजयी भएको छ ।

गएराति पञ्जाबले साविक विजेता चेन्नई सुपर किंग्समाथि ११ रनको जित निकालेको हो । १८८ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित ओभरमा ६ विकेटको नोक्सानीमा १७६ रन मात्र बनाउन सक्यो ।

चेन्नईका अम्बाटी रायुडुले ७८ तथा रुतुराज गायकवाडले ३० रन बनाए । बलिङमा पञ्जाबका काशिगो रबाडा र ऋषि धवनले समान २(२ विकेट लिए ।

यसअघि मुम्बईको वानखेडे रंगशालामा टस हारेर ब्याटिङ गरेको पञ्जाबले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै १८७ रन बनाएको थियो । पञ्जाबका शिखर धवन ८८ रनमा अविजित रहे ।

त्यस्तै भानुका राजापाक्षेले ४२ रन जोडे । चेन्नईका ड्वेन ब्राभोले २ विकेट लिए । जितसँगै ८ खेलबाट ८ अंक जोड्दै पञ्जाब तालिकाको छैठौं स्थानमा उक्लिएको छ ।

उता समान ८ खेलबाट चार अंक रहेको चेन्नई पुछारबाट दोस्रो स्थानमा छ । आज रोयल च्यालेञ्जर्स बेंग्लोर र राजस्थान रोयल्सबीच खेल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्