Main News
मेयरमा उम्मेदवारी दिन केशव स्थापितद्वारा प्रदेशसभा सदस्यबाट राजीनामा
२०७९ वैशाख ११ गते १६:२९

११ वैशाख २०७९ काठमाडौं । बागमती प्रदेशसभा सदस्य केशव स्थापितले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।
काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा नेकपा ९एमाले०का तर्फबाट उम्मेदवार भएपछि उहाँले आफ्नो पदबाट राजीनामा दिनुभएको हो ।
उहाँले आज बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठसमक्ष लिखित राजीनामा दिएको जानकारी दिनुभयो ।
यसअघि बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले भरतपुर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिनका लागि प्रदेशसभा सदस्य पदबाट राजीनामा दिनुभएको थियो । उहाँहरु दुवै एमालेबाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
प्रतिक्रिया