विदेश
युद्ध अन्त्यका लागि वार्ता गर्न रुसलाई युक्रेनी राष्ट्रपति जेलेन्सकीको आग्रह
२०७९ वैशाख ११ गते ९:५४

११ वैशाख २०७९ युक्रेन । युक्रेनका राष्ट्रपति भ्लोदामिर जेलेन्सकीले युद्ध अन्त्यको विषयमा पुनः वार्ताका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आग्रह गर्नुभएको छ ।
झन्डै २ महिनादेखि जारी युद्धको कुनै परिणाम निस्कन नसकेको र लाखौं मानिस प्रभावित भएका कारण युद्ध अन्त्यका लागि जेलेन्सकीले वार्ताका लागि आग्रह गर्नुभएको हो ।
यसअघि भएका वार्ताहरूबाट कुनै निष्कर्ष निस्कन नसक्दा युद्ध जारी नै छ । युक्रेन र रुस युद्धको आज दुई महिना पूरा भएको छ ।
यस अवधिमा १ करोडभन्दा बढी मानिस युक्रेनबाट पलायन भएका छन् भने रुसले पछिल्लो समय युक्रेनको पूर्वी क्षेत्रमा आक्रमण तीव्र बनाउँदै मारिओपोल सहरमाथि कब्जा गरेको छ ।
प्रतिक्रिया