आईपीएल टी–ट्वेन्टी क्रिकेटमा आज मुम्बई र लखनउबीच खेल हुँदै
११ वैशाख २०७९ मुम्बई । इन्डियन प्रिमियर लीग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटमा आज एक मात्र खेल हुने भएको छ ।
आज हुने खेलमा मुम्बई इन्डियन्स र लखनउ सुपर जाइन्ट्सबीच प्रतिस्पर्धा हुनेछ । मुम्बईस्थित वान्खेडे स्टेडियममा हुने मुम्बई र लखनउ बीचको खेल साँझ ७ ः ४५ मा शुरु हुनेछ । मुम्बई अङ्क तालिकाको पुछारमा रहेको छ भने लखनउ पाँचौ स्थानमा रहेको छ ।
यसअछि हिजो भएका खेलहरूमा गुजरात टाइटन्स र सनराइजर्स हैदरावादले जित हात पारेका छन् । हिजोको पहिलो खेलमा गुजरातले कोलकोत्ता नाइट राइडर्सलाई ८ रनले हराउँदै जित हात पारेको हो ।
मुम्बईमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ५६ रन बनायो । १ सय ५७ रनको लक्ष्य पछ्याएको कोलकोत्ताले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ४८ रन मात्रै बनाउन सक्यो ।
हिजै भएको अर्को खेलमा हैदरावादले रोयल च्यालेन्जर्स बैङ्गलोरलाई ९ विकेटले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको बैङ्गलोरले १६ दशमलव १ बलमा अलआउट हुँदै जम्मा ६८ रन बनायो । ६९ रनको लक्ष्य पछ्याएको हैदरावादले मात्र १ विकेटको क्षतिमा लक्ष्य पूरा ग-यो ।
प्रतिक्रिया