सुर्खेतमा सत्ता गठबन्धनभित्रको किन अझै सुल्झेना विवाद ? (भिडियो रिपोर्टसहित)
१० वैशाख २०७९ सुर्खेत । सुर्खेतमा सत्तारुढ गठबन्धनभित्रको समस्या अझै समाधान हुन सकेको छैन । पटकपटक बसेको बैठकले सिट बाँडफाँटको टुङ्गो लगाउन नसकेको हो ।
प्रमुख तीन राजनीतिक दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसका आ–आफ्नै अडानका कारण टुङ्गो लाग्न सकेको छैन । समझदारीमा पुग्न अहिले पनि बैठक गरिरहेका छन् ।
कुनै पनि बैठकमा गठबन्धन भित्रका दल राष्ट्रिय जनमोर्चा र जनता समाजवादीलाई सहभागी गराइएको छैन । मुख्य कुरा तीन दलका बीचमै अड्किएकाले साना दललाई सहभागी नगराइएको हो । तीन दलका बीचका कुरा मिलेको खण्डमा पाँचै दलको संयुक्त बैठक बस्ने बताइएको छ ।
सत्तारुढ गठबन्धनको भागबन्डा नमिल्दा एमालेले भने ९ मध्ये ६ पालिकामा उम्मेदारको टुङ्गो लगाएको छ । ३ पालिकामा अझै पनि उम्मेदारको टुङ्गो लगाउन सकेको छैन । गठबन्धनभित्र कुरा नमिल्दा आफुले त्यसको फाइदा लिन सक्ने एमालेले दाबी गर्दै आएको छ ।
गठबन्धन संयूक्त उम्मेद्वार उठाएर जित्ने संभावना बढाउन प्रयत्नशील छ भने एमाले गठबन्धनको विवादमा आफ्नो संभावना बलियो बनाउन लागि परेको छ ।
प्रतिक्रिया