Main News

एकीकृत समाजवादीले तोक्यो आफ्नो भागमा परेको महानगर र उपमहानगरमा उम्मेदवार

हिमालय टिभी
२०७९ वैशाख १० गते १६:४९
एकीकृत समाजवादीले तोक्यो आफ्नो भागमा परेको महानगर र उपमहानगरमा उम्मेदवार

१० वैशाख २०७९ काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीले आफ्नो भागमा परेको महानगरपालिका र उपमहानगरपालिकामा उम्मेदवार टुंगो लगाएको छ ।

एकीकृत समाजवादीले पोखरा महानगरपालिकामा धनराज आचार्यलाई मेयरको उम्मेदवार बनाउने भएको छ ।

त्यस्तै काठमाडौं महानगरपालिकाको उपमेयरमा रामेश्वर श्रेष्ठलाई अघि सारेको छ ।

त्यस्तै हेटौंडा उपमहानरपालिकामा मेयरका रुपमा मीना लामा, इटहरी उपमहानगरपालिकाको मेयरमा केशव विष्ट, बुटवल उपमहानगरपालिकाको उपमेयरमा चीनबहादुर गुरुङ, तुलसीपुर उपमहानगरको उपमेयरमा जोगबहादुर रानाको नाम टुंगो लगाएको एकीकृत समाजवादीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *