विदेश

अफगानिस्तानमा भएको विष्फोटमा मृत्यु हुनेको संख्या ३६ पुग्यो

हिमालय टिभी
२०७९ वैशाख १० गते ७:३०
अफगानिस्तानमा भएको विष्फोटमा मृत्यु हुनेको संख्या ३६ पुग्यो

१० वैशाख २०७९ काबुल । अफगानिस्तानको कुन्दुज शहरको मस्जिदमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

शुक्रबारे प्रार्थना सभामा भेला भएकाहरुमा माझ गराइएको विष्फोटमा दर्जनौं घाइते भएका छन् । मस्जिदमा सुफी समुदायका मानिसहरु जम्मा भएको तालिवान अधिकारीहरुले जनाएका छन् ।

विष्फोटमा इस्लामिक अतिवादी समूह आईएसको संलग्नता रहेको अनुमान गरिएको छ ।

यसअघि कुन्दुज र मजार ए शरीफ शहरका शिया मस्जिदमा पनि विस्फोट भएको थियो। आईएसले गराएको विष्फोटमा दर्जन बढीको मृत्यु भएको थियो ।

गत अगष्टमा अफगानिस्तान कब्जा गरेको तालिवानलाई आईएस प्रमुख सुरक्षा चुनौति बनिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *