राजनीति
कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै
२०७९ वैशाख १० गते ७:२३
१० वैशाख २०७९ काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।
बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको उम्मेदवारीबारे छलफल गर्न बैठक बोलाइएको हो ।
यसअघि हिजो बस्ने भनिएको बैठक नेताहरुको व्यस्तताका कारण देखाउँदै स्थगित गरिएको थियो ।
सत्ता गठबन्धनबीच महानगर र उपमहानरपालिकामा भएको भागबन्डालाई लिएर कांग्रेसमा असन्तुष्टि छ ।
प्रतिक्रिया