राजनीति

अपमानपूर्ण व्यवहार भए मान्य नहुने चेतावनी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ वैशाख ६ गते १८:००
अपमानपूर्ण व्यवहार भए मान्य नहुने चेतावनी (भिडियो रिपोर्टसहित)

६ वैशाख २०७९ काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलभित्रैबाट स्थानीय तह निर्वाचनको सिट बाँडफाँटको विषयलाई लिएर अपमानपूर्ण व्यवहार भए मान्य नहुने चेतावनी दिनु भएकोछ ।

अध्यक्ष नेपालले अरुको शक्तिको अवमूल्यन गर्ने र अपमानपूर्ण व्यवहार गर्ने काम सैह्य नहुने बताउनुभयो । उहाँले स्थानीय तह निर्वाचनको सिट बाँडफाँटको विषयलाई लिएर जिल्ला जिल्लामा आफ्नो पार्टीलाई अपमान गर्ने गरेको रिपोर्ट पाएको उल्लेख गर्नुभयो ।

काठमाडौंमा आयोजित नेकपा एकीकृत समाजवादीसँग नेकपा गौरवशाली पार्टीको एकता घोषणा कार्यक्रममा उहाँले आफ्नो पार्टी अपमानको विरुद्धमा विद्रोह गरेर जन्मेको पार्टी भएकाले कुनै पनि खालको अपमान सहन नसकिने बताउनुभयो ।

अध्यक्ष नेपालले निर्वाचनमा आफ्नो पार्टीको चिन्ह कलम भएको र यसको प्रचारप्रसारमा जोड दिन पनि सिंगो पार्टी पंक्तिलाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्