राजनीति

गठबन्धनमा महानगर–उपमहानगरको सिट बाँडफाँट आज टुङ्गो लाग्छ : नेता पुन

२०७९ वैशाख ६ गते १०:०३
गठबन्धनमा महानगर–उपमहानगरको सिट बाँडफाँट आज टुङ्गो लाग्छ : नेता पुन

६ वैशाख २०७९ कास्की। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय कार्यालयका इन्चार्ज पूर्व स्थायी कमिटीका सदस्य वर्षमान पुनले सत्ता गठबन्धनमा सिट बाँडफाँटको आज टुङ्गो लाग्ने बताउनुभएको छ ।

पार्टीको आइटी सेन्टरले आज आयोजना गरेको गण्डकी प्रदेशस्तरीय भर्चुअल प्रशिक्षण कार्यक्रममा उहाँले आसन्न स्थानीय तह निर्वाचनमा छ महानगर र ११ उपमहानगरको सिट बाँडफाँट केन्द्रबाटै मिलाइने बताउनुभएको हो । दलहरूबीच आ–आफ्नो दाबी रहेकाले मिल्न समय लागे पनि सहमति जुट्ने उहाँको भनाइ छ ।

नेता पुनले गठबन्धनमा नगरपालिका र गाउँपालिकाको सिट बाँडफाँट पनि मिलाउने कोसिस भइरहे पनि मिल्न नसके गठबन्धनभित्रै पनि प्रतिस्पर्धा हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नगर र गाउँपालिका पनि माथिबाटै मिलाउन कोसिस गरेका छौँ । नमिले गठबन्धनबाटै हामी प्रतिस्पर्धा गछौँ, महानगरको र उपमहानगरको भने आज टुङ्गो लाग्छ ।”

तल्ला तहमा सिट बाँडफाँटका लागि माथिबाट पहिला कुन दलले कति प्रतिशत लिने भनेर सङ्ख्या तय गरेर प्रदेश र जिल्ला समितिलाई मिलाउन सहजीकरण गर्न सकिने नेता पुनको भनाइ छ । नेता पुनले माओवादी केन्द्रले सरकारको नेतृत्व गर्दा गरेका कामलाई व्यवस्थितरूपमा जनस्तरमा पु¥याउन सूचना प्रविधिलाई क्रान्तिकारी साधनका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

माओवादी केन्द्र केन्द्रीय प्रचार विभागका सचिव गोविन्द आचार्यले जनताले बुझ्ने गरी सरल भाषामा प्रापकलाई सुनिश्चित गरेर पाउने गरी पठाउनुपर्ने बताउनुभयो । राजनीतिक, वैचारिक र नीतिगत उपलब्धिका मुद्दालाई उठाउन उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्