आज देशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना

६ वैशाख २०७९ काठमाडौं । आज प्रदेश १ लगायत देशको पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार प्रदेश १ लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा भने मेघगर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना छ ।
यस्तै राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, मधेश, बाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
यस्तै भोलि दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी र मधेश प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
यस्तै पर्सि दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
राति सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत गण्डकी र प्रदेश १ को पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूका साथै गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भूभागका एकदुई स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
प्रतिक्रिया