Main News

बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै

हिमालय टिभी
२०७९ वैशाख ६ गते ८:३७
बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै

६ वैशाख २०७९ काठमाडौं । आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै छ ।

राष्ट्रिय भिटामिन कार्यक्रमअन्तर्गत बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन लागिको हो ।

६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए र १२ महिनादेखि ५९ महिनासम्मको बालबालिकालाई भिटामिन ए सँगै जुकाको औषधि खुवाइने स्वास्थ्य मन्त्रालले जानकारी दिएको छ ।

भिटामिन ए क्याप्सुल २७ लाख बालबालिका तथा जुकाको औषधि २४ लाख बालबालिकालाई खुवाइने परिवार कल्याण महाशाखाले जनाएको छ ।

भिटामिन ए सन् १९९३ र भिटामिन ए सँगै जुकाको औषधि सन् २००१ देखि खुवाउन थालिएको हो । वर्षमा दुई पटक पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ुएु र जुकाको औषधि खुवाउने गरिन्छ।

उमेर पुगेको बालबालिकालाई नजिकैको वितरक केन्द्रमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *