Main News

वरिष्ठ कवि अधिकारीलाई ‘वनिताश्री गोपालप्रसाद रिमाल काव्य सम्मान’

२०७९ वैशाख ६ गते ७:००
वरिष्ठ कवि अधिकारीलाई ‘वनिताश्री गोपालप्रसाद रिमाल काव्य सम्मान’

६ वैशाख २०७९ काठमाडौं । वरिष्ठ कवि एवं गीतकार दिनेश अधिकारीलाई विसं २०७८ को वनिताश्री गोपालप्रसाद रिमाल काव्य सम्मान पुरस्कार प्रदान गरिने भएको छ ।

‘वनिता’ साहित्यिक पत्रिकाले रु १० हजार १५ राशिसहितको पुरस्कार उहाँलाई प्रदान गर्ने निर्णय गरेको हो ।

चौबीस वर्षदेखि निरन्तररूपमा प्रकाशित हुँदै आएको पत्रिकाले २०७८ र २०७९ दुवै वर्षका साहित्य, सङ्गीत, रङ्गमञ्च, सञ्चार र शिक्षाका क्षेत्रमा दिइने विभिन्न पुरस्कार घोषणा गरेको छ । साहित्यकार डा दयाराम श्रेष्ठ (सम्भव)लाई विसं २०७८ को रु २५ हजार राशिसहितको वनिताश्री कथा रत्न अभिनन्दन प्रदान गरिने छ ।

पत्रिकाले बाल साहित्यकारद्वय प्रभा भट्टराई र रामदेव पाण्डेलाई रु १० हजार राशिको देवकुमारी थापा बाल साहित्य वनिता पुरस्कार तथा समालोचकद्वय डा शैलेन्दुप्रकाश नेपाल र डा दुर्गाप्रसाद दाहाललाई वनिताश्री डा नरेन्द्र चापागाईँ समालोचक शिरोवर्ती सम्मान प्रदान गर्ने निर्णय गरेको छ ।

कथाकारद्वय मातृका पोखरेल र इल्या भट्टराईलाई वनिताश्री देवकुमारी थापा कथा विशिष्ट सम्मान पुरस्कार तथा कविद्वय कृसु क्षेत्री र मनोज न्यौपानेलाई व्यथित काव्य वनिताश्री पुरस्कार प्रदान गर्ने निर्णय भएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सहित्यकार गायत्री श्रेष्ठलाई वनिता शिक्षा र साहित्य पुरस्कार, कलाकार मोहन अभिलाषीलाई वनिता बहुआयामिक प्रतिभा पुरस्कार, गायिका सङ्गीता थापा र नेपाल आइडल सिजन–४ का विजेता भूपेन्द्र थापा मगरलाइ शाक्यलाई वनिताश्रीे उन्नति गीत–सङ्गीत पुरस्कार प्रदान गरिनेछ ।

सञ्चारकर्मी भगवती बस्नेत र रङ्गकर्मी पुरू लम्साललाई वनिता विशेष वसुश्री–मधु पुरस्कार तथा गायक जुजुकाजी रञ्जित र साहित्यकार धनकुटे कान्छाले वनिताश्री पुरुषोत्तमराज पाण्डेय पुरस्कार प्राप्त गर्नुहुनेछ । वनिता जलेश्वरी बाल प्रतिभा पुरस्कार राइजिङ स्टार बोर्डिङ स्कुलका साना छात्रा र प्रिभा रेग्मीलाई तथा वनिता बाल कलाकार पुरस्कार कृशला श्रेष्ठलाई प्रदान गरिने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *