Main News

इन्धन खर्च कटौती गर्ने सरकारको निर्णय

हिमालय टिभी
२०७९ वैशाख ५ गते १३:३४
इन्धन खर्च कटौती गर्ने सरकारको निर्णय

५ वैशाख २०७९ काठमाडौं । सरकारले इन्धन खर्च कटौति गर्ने निर्णय गरेको छ ।

पेट्रोलियम पदार्थको उच्च आयातका कारण विदेशी मुद्रा सञ्चिति घट्दै गएर भुक्तानी सन्तुलन बिग्रिएपछि यस्तो निर्णय गरिएको हो ।

गत चैत ३० गतेको मन्त्रिपरिषद् बैठकले सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको अर्थ मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षका लागि सरकारले इन्धन खर्च शीर्षकमा छुट्याइएको बजेट कटौती गर्ने निर्णय गरेको हो ।

मन्त्रालयले आज सूचना जारी गरि इन्धन शीर्षकमा विभिन्न मन्त्रालय, निकाय तथा सरकारसँग सम्बद्ध सार्वजनिक संघ–संस्थाले बाँकी बजेटको २० प्रतिशत गर्नुपर्ने उल्लेख छ ।

यो निर्णय विकास आयोजनाहरु, शान्ति सुरक्षा,अत्यावश्यक सेवा र स्थानीय तहको आगामी निर्वाचनका लागि भने लागू नहुने जनाइएको छ ।

यस्तै छुट्टै ऐनबाट इन्धन सुविधा पाइरहेका पदाधिकारीहरुलाई इन्धन सुविधा २० प्रतिशतले कटौती गर्ने पनि निर्णय गरिएको छ । निर्णय आगामी असार मसान्तसम्म लागू हुने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *