Main News

चुनावी चहलपहल– दलका झण्डा, टिसर्ट बनाउन भ्याइनभ्याई (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ वैशाख ४ गते १८:२१
चुनावी चहलपहल– दलका झण्डा, टिसर्ट बनाउन भ्याइनभ्याई (भिडियो रिपोर्टसहित)

४ वैशाख २०७९ काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता जारी गरेर ठुलाठुला प्रचार सामग्री नराख्न र नबनाउन भनेको छ । तर निर्वाचन नजिकिएसँगै व्यवसायीलाई राजनीतिक दलका झण्डा, टिसर्ट क्यापलगायताका प्रचार सामग्री बनाउन भ्याइनभ्याई छ ।

काठमाडौंको व्यस्त बागबजार, अहिले थप व्यस्त छ । बागबजार राजनीतिक दलका झण्डा, टिसर्टले भरिभराउ छ ।

यहाँका पसलका भित्तामा भुण्ड्याइएका प्रचार सामग्री स्थानीय तहको निर्वाचनका लागि बनाइएका हुन् । बागबजारका नरेश चौधरी पनि केही दिनदेखि निकै व्यस्त हुनुहुन्छ । उहाँलाई चुनाव प्रचार सामग्री बनाउन भ्याइनभ्याई छ ।

चौधरीलाई जस्तै भ्याइनभ्याई छ अर्का व्यवसायी विजयकुमार कार्कीलाई पनि । ३५ वर्षदेखि व्यवसाय गरिरहेका कार्की पछिल्ला निर्वाचनलाई नजिकैबाट नियालिरहनुभएको छ । दलले निर्वाचन प्रचारमा गर्ने खर्चलाई पनि हेरिरहनु भएको छ ।

विभिन्न जिल्लाबाट पार्टीका कार्यकर्ताहरु झण्डा, टिसर्ट बनाउन बागबजार धाउने क्रम बढिरहेको छ ।

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अनुसार तोकिएको भन्दा ठूला र अस्वभाविक खालका प्रचार सामग्री बनाउँन पाइँदैन । तर राजनीतिक दलहरुलले आचारसंहिताको प्रवाह गरेको देखिँदैन ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा टिसर्ट, ठुलाठुला झण्डा बनाउन भन्दै निर्वाचन आयोगले राजनीतिक पार्टीलाई अंकुश लगाइदिएको छ । निर्वाचन तामझाम र प्रचारप्रसारमा खर्चिलो भन्दा पनि राजनीतिक पार्टीको एजेण्डा विकास उपयोगी हुनु आजको आवश्यकता हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *