राजनीति

एमालेद्वारा पोखराको मेयर र उपमेयर आकांक्षी सबैको नाम सिफारिस

हिमालय टिभी
२०७९ वैशाख २ गते १७:३९
एमालेद्वारा पोखराको मेयर र उपमेयर आकांक्षी सबैको नाम सिफारिस

२ वैशाख २०७९ पोखरा । एमालेले पोखरा महानगरको मेयर र उपमेयर पदका आकांक्षी सबै जनाको नाम केन्द्रमा सिफारिस गरेको छ ।

आज हुने भनिएको मतदान स्थगित गरी प्रदेश कमिटीले आकांक्षी सबैको नाम सिफारिस गरिएको मेयरका आकांक्षीसमेत रहेका प्रदेशसभा सदस्य राजीव पहारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मेयरका लागि १२ र उपमेयरका लागि ९ जना आकांक्षी देखिएका छन् । एमाले पार्टी कार्यालयमा निर्वाचन प्रक्रिया पूरा भए पनि अन्तिममा मतदान नभएको पहारीले बताउनुभयो ।

पोखरा महानगर कमिटीमा १ सय १० सदस्य छन् । मेयरका लागि केन्द्रीय सदस्यहरु मीनाकुमारी गुरुङ, भीम कार्की, कृष्णबहादुर थापा, राजीव पहारी र प्रदेश उपसचिव रश्मी आचार्य, विश्वकल्याण पराजुली, पोखरा १३ का वडाध्यक्ष दर्शन लामा, पुष्पज्योति दुंगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालसिंह काउछा मगर र सावित्री भण्डारी आकांक्षी हुनुहुन्छ ।

यस्तै, उपमेयरका लागि विनकुमारी गुरुङ, सुष्मा पौडेल, देवका पहारी त्रिपाठी, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, जीवनप्रसाद आचार्य, बलराम गायक, शोभामोहन पौडेल र वामदेव ढुंगानाको नाम सिफारिस गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्