Main News

अर्जुन दासको हत्यामा संलग्न चार जना सार्वजनिक (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ वैशाख २ गते १६:०८
अर्जुन दासको हत्यामा संलग्न चार जना सार्वजनिक (भिडियो रिपोर्टसहित)

२ वैशाख २०७९ काठमाडौं । कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय अर्जुन दासको हत्यामा संलग्न चार जनालाई पक्राउ गरी सार्वजनिक गरिएको छ ।

महानगरीय अपराध महाशाखाले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी घटनामा संलग्न १० मध्ये ४ जनालाई रुपन्देही जिल्लाको बेलहिया सिमानाकाबाट वैशाख १ गते राति पक्राउ गरिएको जानकारी गराएको हो ।

जानकी गाउँपालिका वडा नम्बर ९ का १९ वर्षीय सुमिद साउद, बमबहादुर बोहोरा, दिलिप दास र मनोज भण्डारी पक्राउ परेका हुन् ।

हत्यामा सलग्न चारै जनामाथि कर्तव्य ज्यान कसुरमा जिल्ला प्रहरी कार्यालय, कैलालीमा मुद्दा दायर गरिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

महाशाखाले हत्या आरोपमा पक्राउ परेकाहरु लागू औषध प्रयोगकर्ता रहेको पनि जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *