राजनीति

उम्मेदवार चयन प्रक्रिया तत्काल सक्नेगरी काम गर्न माओवादी केन्द्रको निर्देशन

हिमालय टिभी
२०७९ वैशाख २ गते १३:१९
उम्मेदवार चयन प्रक्रिया तत्काल सक्नेगरी काम गर्न माओवादी केन्द्रको निर्देशन

२ वैशाख २०७९ काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहका उम्मेदवार चयन प्रक्रिया तत्काल सक्नेगरी काम गर्न मातहतका समितिलाई निर्देशन दिएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आज बसेको पूर्वस्थायी समिति र प्रदेश इञ्चार्जहरुको विस्तारित बैठकले उम्मेदवार छिटो चयन गर्ने र परिणाम देखिने गरी जनताबीच जाने निर्णय गरेको हो ।

शीर्ष नेतृत्वले गठबन्धनमा रहेका दलहरुबीचमा छलफल गर्ने र अन्य नेताहरु जिम्मेवारी अनुसारसम्बन्धित पालिकामा उम्मेदवार चयन गर्ने गरी प्रस्तुत हुने निर्णय भएको हो ।

पाँच दलीय सत्ता गठबन्धनले महानगरपालिका, उपमहानगरपालिकामा केन्द्रबाटै उम्मेदवार टुंगो लगाउने तय भएको छ । तर, कुन–कुन पालिकाको नेतृत्व कुन–कुन पार्टीले लिने भनेर भागबण्डा मिलिसकेको छैन ।

बैठकमा पार्टी अध्यक्ष प्रचण्डले एकताबद्ध भई परिणाम देखिने गरी चुनावमा होमिन निर्देशन दिनुभएको छ । सत्ता गठबन्धनका दलहरुबीच तालमेल नभए एक्लै चुनाव लड्नेगरी तयारी गर्न प्रचण्डले नेताहरुलाई निर्देशन दिनुभएको हो ।

बैठकमा पार्टीको घोषणा पत्रबारे पनि छलफल भएको छ । आठौं महाधिवेशन यता माओवादी केन्द्रले स्थायी समिति गठन नगरेकाले पूर्व स्थायी समिति सदस्यहरुको बैठक बोलाइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्