खेलकूद
त्रिकोणात्मक टी२० श्रृंखलाको विजेता खेलाडीलाई जनही २ लाख पुरस्कार
२०७८ चैत ३० गते १७:४६

३० चैत २०७८ काठमाडौं । सरकारले त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृंखला जित्ने नेपाली टोलीलाई जनही दुई लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले विजेता खेलाडीलाई दुई लाख, मुख्य प्रशिक्षकलाई एक लाख ५० हजार र अन्य अफिसियललाई एक लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले जानकारी दिनुभयो ।
गत चैत १४ देखि २१ गतेसम्म काठमाडौंको कीर्तिपरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पनन शृंखलामा नेपाल अपराजित रहँदै उपाधि जितेको थियो । शृंखलामा मलेसिया र पपुवा न्युगिनी (पीएनजी) सहभागी थिए ।
प्रतिक्रिया