खेलकूद

आईपीएलमा साविक विजेता चेन्नईको पहिलो जित

हिमालय टिभी
२०७८ चैत ३० गते ७:५७
आईपीएलमा साविक विजेता चेन्नईको पहिलो जित

३० चैत २०७८ मुम्बई । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा साविक विजेता चेन्नई सुपर किंग्सले पहिलो जित निकालेको छ ।

आईपीएलमा गएराति चेन्नईले रोयल च्यालेञ्जर्स बेंग्लोरलाई २३ रनले हराएको हो । २१७ रनको लक्ष्य पछ्याएको बेंग्लोरले निर्धारित ओभरमा ९ विकेट गुमाएर १९३ रन मात्र बनाउन सक्यो ।

उसका लागि साहबाज अहमदले ४१ रन जोड्दा सूयस प्रभुदेसाई र दिनेश कार्तिक समान ३४–३४ रनमा आउट भए । बलिङमा चेन्नईका महिष थाक्सानाले ४ तथा रबिन्द्र जडेजाले ३ विकेट लिए ।

यसअघि मुम्बईस्थित डिवाई पाटील रंगशालामा टस हारेर ब्याटिङ गर्दै चेन्नईले ४ विकेटको नोक्सानीमा २१६ रन बनाएको थियो । चेन्नईका शिवम् दुबे ९५ रनमा अविजित रहे ।

त्यस्तै रोबिन उथप्पा ८८ रनमा पेभेलिएन फर्के । बेंग्लोरका वानिन्डु हसरंगा डिसिल्वाले २ विकेट हात पारे । ५ खेल खेल्दै चेन्नईले पहिलो पटक अंक जोडेको छ ।

चेन्नई दुई अंक जोड्दै तालिकामा पुछारबाट दोस्रो स्थानमा रहँदा ५ खेलबाट ६ अंकसहित बेंग्लोर पाँचौ स्थानमा छ । आज मुम्बई इण्डियन्स र पञ्जाब किंग्सले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्