Main News
महानगर-उपमहानगरमा गठबन्धनले केन्द्रबाटै उमेदवारको टुंगो लगाउने (भिडियो रिपोर्टसहित)
२०७८ चैत २९ गते १६:२०

२९ चैत २०७८ विराटनगर । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले महानगर तथा उपमहानगरमा सत्तारुढ गठबन्धनले केन्द्रबाटै उमेदवारको टुगो लगाउने बताउनुभएको छ ।
नेपाली कांग्रेसले विभिन्न महानगर र उपमहानगरमा एकलौटी रुपमा उमेदवार छनोट गरिरहेका बेला विराटनगर विमानस्थलमा पत्रकारसँग सम्मानित नेता खनालले महानगर र उपमहानगरको उम्मेवार केन्द्रबाटै टुंगो गर्ने सहमति भएको जानकारी दिनुभयो । उहाँले आवश्यकता अनुसार पालिकस्तरसम्म नै तालमेल हुने बताउनुभयो ।
नेता खनालले स्थानीय तहको आगामी निर्वाचनमा एक महानगरपालिका र एक उपमहानगरपालिकामा नेकपा समाजवादीको दाबी रहने बताउनुभयो ।
प्रतिक्रिया