Main News

केही मानिसका सन्कीपनले देशको नीति भाँडियोः सचिव भट्टराई (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत २८ गते १७:३५
केही मानिसका सन्कीपनले देशको नीति भाँडियोः सचिव भट्टराई (भिडियो रिपोर्टसहित)

२८ चैत २०७८ काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले केही मानिसको सन्कीपनले देशको नीतिहरु भाँडिएको आरोप लगाउनु भएको छ ।

काठमाडौंमा स्वास्थ्य वैज्ञानिकको आठौं सम्मेलनमा सचिव भट्टराईले अहिले देशमा विदेशी मुद्राहरुको सिञ्चिति घटिरहेको भन्दै यसतर्फ सचेत हुनुपर्ने बताउनु भयो । उहाँले नेपालमा शिक्षा र स्वास्थ्यमा भएको नियोजनका कारण नेपाली विद्यार्थीहरु विदेश पलायन भइरहेको बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विज्ञान, प्रविधिका क्षेत्रमा अध्ययन, अनुसन्धान र अध्यापनका लागि प्रदेशले उच्च शैक्षिक संस्थाहरु निर्माण गर्ने बताउनु भएको छ ।

कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्य क्षेत्रलाई सबल, सुदृढ एवं प्रभावकारी बनाउन आवश्यक ठोस तथा अनुसन्धानका कार्यहरुलाई निरन्तर अघि बढाउँदै लैजान आवश्यक रहेको बताउनुभयो ।

राज्यमन्त्री खापुङले नेपालको अहिलेको राजनीति अस्थिर नरहेको भन्दै स्वास्थ्य क्षेत्रमा भने स्थिरता कायम गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *