Main News

उद्योगी, व्यवसायीलाई प्रोत्साहित गर्ने नीति लिन सरकारलाई सभामुख सापकोटाको आग्रह (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत २७ गते १८:२५
उद्योगी, व्यवसायीलाई प्रोत्साहित गर्ने नीति लिन सरकारलाई सभामुख सापकोटाको आग्रह (भिडियो रिपोर्टसहित)

२७ चैत २०७८ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले उद्योगी, व्यवसायीलाई प्रोत्साहित गर्ने नीति लिन सरकारलाई आग्रह गर्नु भएको छ ।

नेपाल चेम्बर अफ कमर्शले आज काठमाडौंमा गरेको कार्यक्रममा सभामुख सापकोटाले सरकारले सबैलाई अभिभावकत्व दिन सके मुलुक समृद्ध हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा सरकारका मुख्यसचिव शंकरदास बैरागीले मुलुकको अर्थतन्त्र बाहिर छापामा आएजस्तो डरलाग्ने नभएको स्पष्ट पार्नुभयो ।

उहाँले मुलुकको अर्थतन्त्रलाई नयाँ ढंगले अघि बढाई त्यसमा सफलता हात पार्न सक्षम हुनेछौं भन्ने मान्यताका आधारमा काम गर्नुपर्ने आवश्यक्ताऔल्याउनुभयो ।

मुख्य सचिव बैरागीले मुलुकको अर्थतन्त्रलाई सबल बनाउनका लागि सरकारले ऊर्जा क्षेत्रको विकास, पर्यटन क्षेत्रको विकासमा बढी जोड दिएको पनि स्मरण गराउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *