सत्ता गठबन्धन दलहरुको बैठक बस्दै

२५ चैत २०७८ काठमाडौं । स्थानीय तहमा चुनावी तालमेलको निर्णय भइसके पनि मोडालिटीबारे थप निर्णयका लागि गरेको सत्ता गठबन्धनको बैठक बस्दैछ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनको तयारी र चुनावी गठबन्धनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बोलाउनुभएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो चार बजे बस्नेगरी बैठक बोलाइएको छ । बैठकमा गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेता सहभागी हुनेछन् ।
बैठकमा रामचन्द्र पौडेल नेतृत्वको समितिले चुनावी तालमेलबारे अहिलेसम्म भएका छलफल र प्रगतिबारे समेत जानकारी गराउने छ । बैठकमा महानगर र उपमहानगरहरुमा कुन दलले कुन पदमा उम्मेदवार उठाउने भन्नेबारेमा पनि छलफल हुने छ ।
पछिल्लो समय चितवन महानगरपालिकाको मेयरको विषयलाई लिएर कांग्रेस र माओवादीका नेताबीच विवाद देखिएको छ । सत्ता गठबन्धनका शीर्ष नेताको निर्देशन सँगै जिल्ला जिल्लामा संयन्त्र बनाइएको छ ।
प्रतिक्रिया