खेलकूद

कोलकाता नाइट राइडर्स आईपीएलको शीर्ष स्थानमा

हिमालय टिभी
२०७८ चैत २४ गते ९:२९
कोलकाता नाइट राइडर्स आईपीएलको शीर्ष स्थानमा

२४ चैत २०७८ मुम्बई । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा कोलकाता नाइट राइडर्स शीर्ष स्थानमा पुगेको छ।

आईपीएलमा गएराति मुम्बई इण्डियन्समाथि ५ विकेट जित निकाल्दै कोलकाता शीर्ष स्थानमा उक्लिएको हो । १६२ रनको लक्ष्य कोलकाताले ४ ओभर अगावै ५ विकेट गुमाएर पूरा गरेको थियो ।

कोलकाताको जितमा प्याट कुमिन्सले अविजित ५६ तथा वेंकटेश अइयरले अविजित ५० रनको अर्धशतकीय इनिंग्स खेले । बलिङमा मुम्बईका टायमल मिल्स र मुरूगन आश्विनले समान २-२ विकेट हात पारे ।

यसअघि पुनेमा टस हारेर ब्याटिङ गर्दै मुम्बईले निर्धारित ओभरमा ४ विकेटको नोक्सानीमा १६१ रन बनाएको थियो । उसका लागि सूर्यकुमार यादवले ५२ रन बनाउँदा तिलक शर्मा ३८ रनमा नटआउट रहे ।

कोलकाताका प्याट कुमिन्सले २ विकेट लिए । आज लखनऊ सुपर जायन्ट् र दिल्ली क्यापिटल्सबीच खेल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्