लागु औषध गाँजासहित धादिङबाट पाँच जना होटल सञ्चालक पक्राउ
२४ चैत २०७८ धादिङ । प्रहरीले लागु औषध गाँजासहित ५ जना होटल संचालकहरुलाई पक्राउ गरेको छ ।
पृथ्वी राजमार्ग छेउछाउमा रहेका चिया नास्त पसल तथा होटलहरुमा लागु औषध गाजा विक्री वितरण भइरहेको सूचनाका आधारमा अनुगमनका क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा गजुरी गाउँपालिका– २ बिहानी पम्पस्थित पृथ्वी राजमार्गमा पर्ने जयराम स्टाफ होटलका संचालक सानी अधिकारी, गजुरी गाउँपालिका–२ फुर्केखोलामा रहेको आयुष होटलका संचालक राज कुमार भन्ने होतराज सेढाई, सोही स्थामा रहेको हिरा होटल एण्ड लजका संचालक हिरामाया लम्साल, ठकुरी होटलका संचालक बेद कुमार शाही र बेनिघाट रोराङ गाउँपालिका–३ करम खोला स्थित चिया नास्ता होटलका संचालक खिलनाथ त्रिपाठी रहेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट प्रहरीले २५ किलो गाँजासमेत बरामद भएको बताइएको छ ।
प्रतिक्रिया