Main News

नेपाल–भारत सीमा विवाद, अघि बढेन संवाद (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत २३ गते २१:०८
नेपाल–भारत सीमा विवाद, अघि बढेन संवाद (भिडियो रिपोर्टसहित)

२३ चैत २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा दिल्ली भ्रमण सकेर नेपाल फर्किएपनि त्यसले उत्पन्न गरेको राप ताप अझै बाँकी छ । प्रधानमन्त्रीले प्रोटोकल मिचेकोदेखि हैदरावाद हाउसमा नेपाल–भारत सीमा विवादको विषय उठाएको प्रसंग चर्चामा छ । तर, ति विषयमा गम्भीर संवाद अघि बढेको छैन ।

चीनका विदेशमन्त्री वाङ यी फर्किएलगत्तै नेपालका प्रधानमन्त्री देउवाको दिल्ली भ्रमणले नेपालको आन्तरिक राजनीति तरंगित गर्‍यो । भ्रमणको व्यवस्थापन अस्तव्यस्त देखिएपनि दोस्रो दिन हैदरावाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदी र प्रधानमन्त्री देउवाको संयुक्त पत्रकार सम्मेलन विशेष चासोमा रह्यो ।

प्रधानमन्त्री देउवाले मोदीसँगको वान टु वान वार्ताका क्रममा नेपाल भारत सीमा विवादको विषय पनि छलफल भएको जानकारी दिनुभयो । पत्रकारसम्मेलनमा देउवाले दिएको सीमा विवादबारेको जानकारी एक पटक हेरौं ।

तर, देउवापछि पत्रकार सम्मेलनमा बोलेका भारतका प्रधानमन्त्री मोदीले सीमा विवादको विषयलाई खासै महत्व दिएको देखिएन । उहाँले नेपाल–भारत खुला सीमाको मात्र चर्चा गर्नुभयो ।

सीमा विवादको कुरा उल्लेख भएपनि नेपालले जारी गरेको नक्सामा भारतले अतिक्रमण गरेका भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रबारे खास चर्चा भएको देखिँदैन । तर, पनि भारतका नेपाल मामलाका जानकारहरू समस्या रहेको स्वीकार गर्छन् । उनीहरू संवादबाटै हल निकाल्नुपर्नेमा सहमत छन ।

नेपालको राष्ट्रिय मुद्दामा एउटै आवाज बनाउन प्रधानमन्त्री देउवा उदासिन बनेको प्रमुख प्रतिपक्षी एमालेले आफूसँग छलफल नै नगरेको भनाइबाट पुष्टि हुन्छ । प्रधानमन्त्री फर्किएपछि पनि यो मुद्दामा सर्वदलीय छलफल नै नगर्दा सीमा समस्या समाधानमा उहाँ गम्भीर नभएको आलोचना अस्वभाविक मान्न सकिँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *