Main News
टेलिकमका कर्मचारी आन्दोलित (भिडियो रिपोर्टसहित)
२०७८ चैत २३ गते १७:०१

२३ चैत २०७८ काठमाडौं । नेपाल टेलिकममा टेलिकमभित्रकै कर्मचारीलाई प्रबन्ध निर्देशक बनाउन माग गर्दै कर्मचारीहरु आन्दोलित भएका छन् ।
टेलिकमको केन्द्रीय कार्यालय भद्रकालीमा नेपाल टेलिकम वर्कर्स युनियनले खबरदारी सभाको आयोजना गर्दै प्रबन्ध निर्देशक टेलिकमभित्रकै वरिष्ठ व्यक्तिलाई नियुक्त गर्न माग गरेको हो ।
सरकारले रिक्त रहेको प्रबन्ध निर्देशकको पदमा नियुक्ति गर्ने तयारी गरिरहेका बेला कर्मचारीहरुले बाहिरबाट व्यक्ति ल्याएर प्रबन्ध निर्देशक बनाउन नहुने भन्दै खबरदारी गरेका हुन् ।
नेपाल टेलिकममा प्रवन्ध निर्देशक नियुक्तिका लागि नियुक्ति प्रक्रियाका विभिन्न मापदण्डहरुलाई परिवर्तन गरिएको भन्दै युनियनले आपत्ति जनाएको छ ।
प्रतिक्रिया