मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिले पालिकाबाट खर्च पाउने (भिडियो रिपोर्टसहित)

२३ चैत २०७८ काठमाडौं । मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिलाई सरकारले दिने उपचार खर्च व्यक्तिले आफ्नो पालिकाबाट पाउने भएका छन् ।
सरकारले गत चैत १३ गते मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइराख्नुपर्ने, क्यान्सरका बिरामी र मेरुदण्डको पक्षघात भएकालाई मासिक पाँच हजार रुपैयाँ दिने निर्णय गरेको थियो ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बिरामीको लगत सम्बन्धित वडामा हुने र पालिकामार्फत् व्यक्तिगत खातामा रकम जम्मा हुने व्यवस्था रहेको जानकारी दिनुभयो ।
सम्बन्धित पालिकाले सेवाग्राहीको खातामा हरेक तीन–तीन महिनामा मासिक पाँच हजारको दरले रकम जम्मा गर्ने अधिकारीले बताउनुभयो ।
उपचार खर्च बापतको रकम पहिले नै पेन्सन पाइराखेकाहरुले नपाउने तर जेष्ठ नागरिक तथा एकल महिलाले भने भत्ता पाइरहेको भए पनि उपचार रकम पाउनेछन् । स्वास्थ्य बीमा गरेकाले पनि यो रकम पाउने अधिकारीले बताउनुभयो ।
प्रतिक्रिया