Main News
जलश्रोत उपयोग गरेर आर्थिक विकास गरौँ : मन्त्री भुसाल (भिडियो रिपोर्टसहित)
२०७८ चैत २३ गते १४:५२

२३ चैत २०७८ काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले जलश्रोत उपयोग गरेर आर्थिक तथा सामाजिक विकासलाई उठाउनु तत्कालको आवश्यकता भएको बताउनु भएको छ ।
ललितपुरमा आज भएको कार्यक्रममा मन्त्री भुसालले नेपालमा जलविद्युतको प्रचुर सम्भावना भए पनि सकेजति विद्युत उत्पादन गर्न नसकिएको बताउनुभयो ।
मन्त्री भुसालले भूमिगत जलश्रोतलाई दिगोरुपमा प्रयोग गरेर तराईको जमिन सिञ्चित गर्न सके त्यसले सामाजिक तथा आर्थिक विकासमा ठूलो योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले बहुपक्षीय चुनौतिहरुलाई सम्बोधन गर्न एकीकृत जलश्रोत व्यवस्थापन तथा जलश्रोतको बहुपक्षीय उपयोग गर्न आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया