फौजी किराका कारण मकै बाली नै सखाप ! (भिडियों रिपोर्टसहित)

२२ चैत २०७८ बाँके । बाँके डुडुवा गाउँपालिका वडा नम्बर ६ हिरमुनियाका किसानले लगाएको बेमौसमी मकैबालीमा फौजी किराले क्षति पुर्याउन थालेको छ । एकसातादेखि सक्रिय फौजी किराका कारण मकै बाली नै सखाप हुने भन्दै किसान चिन्तित भएका छन् ।
बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ हिरमुनियाका किसानले दुःख गरी मकै बाली लगाए । तर हुर्कँदै गएको मकै बाली फौजी किराले सखाप पार्न थालेपछि किसान चिन्तित छन् ।
दिनभरी लुकेर बस्ने फौजी किरा अँध्यारो भएपछि मात्रै सक्रिय हुने भएकाले किसान निरीह छन् । बैमौसमी मकै खेती गरेर राम्रो आम्दानी गर्दै आएका किसानका लागि फौजी किरा शत्रु बनेको छ ।
एकैसाथ ठूलो हुँल बाँधेर फौजी किरा बालीमा आउँछ । किसानले फौजी किरा भगाउन विषादी पनि हाल्ने गरेका छन् । तर उनीहरुको केहीसिप लागेन । कृषि ज्ञान केन्द्रबाट कृषि प्राविधिकहरुको टोलीले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरी विषादी सिफारिस गरेका छन् ।
एक हप्तादेखि सक्रिय फौजी किराले बाँकेको करिब ३ हजार ५ सय ५० हेक्टरमा लगाइएको मकै बाली क्षति पुर्याएको छ । फौजी किराले मकै बाली मात्रै होइन, धान बालीमा पनि क्षति पुर्याउन थालेको छ ।
प्रतिक्रिया