एएफसी छनोट खेलमा आज मछिन्द्र र श्रीलंकाको ब्लू स्टार भिड्दै

२२ चैत २०७८ काठमाडौं । मछिन्द्र फूटबल क्लब र श्रीलंकाको शीर्ष डिभिजन क्लब च्याम्पियन ब्लू स्टार स्पोर्टस् बीच आज प्रतिस्पर्धा हुँदैछ ।
एएफसी कप छनोट २०२२ को प्रारम्भिक चरणअन्तर्गत ए डिभिजन लीग च्याम्पियन मछिन्द्रले ब्लू स्टारसँग खेल्न लागेको हो । मछिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेल्दैछ ।
अघिल्लो पटक क्लब लाइसेन्स नभएका कारण मछिन्द्रले छनोट खेल्ने मौका गुमाएको थियो । उता दबाबका बीच घरेलु मैदानको फाइदा उठाउँदै समूह चरणसम्म पुग्ने लक्ष्य रहेको मछिन्द्रका मुख्य प्रशिक्षक प्रवेश कटुवालको भनाइ छ ।
मछिन्द्रका कप्तान सुजल श्रेष्ठले टोलीको लक्ष्य दोस्रो चरणभन्दा माथि पुग्ने रहेको बताए । आजको खेलको विजेताले दोस्रो चरणमा भारतको मोहन बगानसँग चैत्र २९ गते उसकै घरेलु मैदानमा खेल्नेछ ।
प्रारम्भिक चरणमा दुई खेल जितेपछि टोली प्लेअफमा पुग्नेछ भने प्लेअफमा जित हासिल गरेको टोली एएफसी कप छनोटको समूह चरणमा छानिने छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल अपरान्ह ५ बजे शुरू हुनेछ ।
प्रतिक्रिया